२९ असार २०८३ सोमबार
image/svg+xml
बजार

सुन दुई हजार ८०० ले घट्यो

स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा गिरावट आएको हो।

आइतबार प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर दुई लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। यसरी आज सुनको मूल्य प्रतितोला दुई ८०० रुपैयाँ घटेर कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १०० रुपैयाँले घटेर चार हजार ३७५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: २९ असार २०८३ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App