१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
बजार

३८ सयले घट्यो सुन, यस्तो छ नयाँ मूल्य

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा दुई लाख ३९ हजार ५०० रुपैयाँ पुगेको छ। यो सोमबारको तुलनामा ३८ सय रुपैयाँले कम हो। सोमबार सुनको भाउ दुई लाख ४३ हजार ३०० रुपैयाँ कायम थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तीन हजार १५५ रुपैयाँ थियो, जसबाट ६५ रुपैयाँको कमी आएको महासंघले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८२ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App