६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
बजार

एकैदिन ३३ सयले घट्यो सुन

नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य घटेको छ। 

आज सुन प्रतितोला तीन हजार तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार उक्त सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०८३ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App