नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य घटेको छ।
आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८३ ११:१८ सोमबार





