२२ पुस २०८२ मंगलबार
image/svg+xml
बजार

रेकर्ड स्तरबाट घट्यो सुन, चाँदीले बनायो नयाँ कीर्तिमान

साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुन तोलामा दुई लाख ७० हजारमा कारोबार भइरहेको छ।

आइतबार सुन दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य छ सय रुपैयाँले घटेको हो। 

६० रुपैयाँ बढेर चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ कायम भएको छ। चाँदी यसअघि चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य अहिलेसम्मकै धेरै हो। 

प्रकाशित: १४ पुस २०८२ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App