१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
बजार

एकैदिन ४३ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

नेपाली सुनचाँदी बजारमा मंगलबार सुन र चाँदी दुवैैको मूल्य घटेको छ।

आज सुन प्रतितोला चार हजार तीन सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै आज सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक सय ३५ रूपैयाँले घटेर प्रतितोला चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८३ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App