७ असार २०८३ आइतबार
image/svg+xml
बजार

सुन र चाँदीको भाउ बढ्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्यमा ६०० रुपैयाँ र चाँदीको मूल्यमा ५० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर दुई लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ। यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। 

शुक्रबार चार हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० रुपैयाँ कायम भएको छ।

प्रकाशित: ७ असार २०८३ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App