२० मंसिर २०८२ शनिबार
image/svg+xml
बजार

विदेशी मुद्राको विनिमयदर निर्धारण : अमेरिकी डलर सस्तियो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ। शुक्रबारका लागि अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा तोकिएको छ। यसअघि बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम भएको थियो।   

यस्तै, युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ ३१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८८ रुपैयाँ २१ पैसा र बिक्री दर १८९ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७५ रुपैयाँ ७५ पैसा र बिक्री दर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ २३ पैसा र बिक्री दर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ८१ पैसा र बिक्री दर १०० रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ १९ पैसा र बिक्री दर १०८ रुपैयाँ ६५ पैसा तोकिएको छ।  

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २६ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ६८ पैसा र बिक्री दर १९ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ४७ पैसा र बिक्री दर ३८ रुपैयाँ ६३ पैसा तोकिएको छ।  

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर ४ रुपैयाँ ३१ पैसा र बिक्री दर ४ रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ १८ पैसा र बिक्री दर ३८ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ १७ पैसा र बिक्री दर ३३ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४ रुपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८७ पैसा र बिक्री दर २१ रुपैयाँ ९६ पैसा तोकिएको छ।  

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ०४ पैसा र बिक्री दर १८ रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिद दर ४५८ रुपैयाँ ४४ पैसा र बिक्री दर ४६० रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिद दर ३७१ रुपैयाँ ९६ पैसा र बिक्री दर ३७३ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिद दर ३६४ रुपैयाँ १९ पैसा र बिक्री दर ३६५ रुपैयाँ ७५ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।  

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: ३१ आश्विन २०८२ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App