२० मंसिर २०८२ शनिबार
image/svg+xml
बजार

विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ३३ पैसा तोकिएको छ।

यसैगरी, युरोपियन युरो एकको खरिद दर १६३ रुपैयाँ ४९ पैसा र बिक्री दर १६४ रुपैयाँ १८ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १८६ रुपैयाँ ३४ पैसा र बिक्री दर १८७ रुपैयाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७६ रुपैयाँ १७ पैसा र बिक्री दर १७६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९२ रुपैयाँ ७१ पैसा र बिक्री दर ९३ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ १६ पैसा र बिक्री दर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ९५ पैसा र बिक्री दर १०९ रुपैयाँ ४१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २० पैसा र बिक्री दर ९ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ९१ पैसा र बिक्री दर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ८७ पैसा र बिक्री दर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर ४ रुपैयाँ ३८ पैसा र बिक्री दर ४ रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ५९ पैसा र बिक्री दर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गिट एकको खरिद दर ३३ रुपैयाँ ८४ पैसा र बिक्री दर ३३ रुपैयाँ ९९ पैसा, दक्षिण कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ९३ पैसा र बिक्री दर १४ रुपैयाँ ९९ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ९० पैसा र बिक्री दर २१ रुपैयाँ ९९ पैसा तोकिएको छ।

बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ २४ पैसा र बिक्री दर १८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिद दर ४६१ रुपैयाँ ९९ पैसा र बिक्री दर ४६३ रुपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरिद दर ३७५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३७७ रुपैयाँ ५६ पैसा, ओमानी रियाल एकको खरिद दर ३६८ रुपैयाँ १२ पैसा र बिक्री दर ३६९ रुपैयाँ ६७ पैसा कायम गरेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

बैंकले यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App