२६ असार २०८३ शुक्रबार
image/svg+xml
बजार

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १८८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८५ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २९ पैसा र बिक्रीदर २३ रुपैयाँ ३८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ र बिक्रीदर ४०५ रुपैयाँ ६० पैसा, ओमिनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ २० पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

प्रकाशित: २६ असार २०८३ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App