२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
बजार

बिर्तामोडमा गुणस्तर तथा नापतौल सम्बन्धी चेतनामूलक कार्यक्रम

गुणस्तर तथा नापतौल सम्बन्धी चेतनामूलक कार्यक्रम बुधबार बिर्तामोडमा सम्पन्न भएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ) प्रमाणपत्र तथा विभाग अन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो।

विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आइएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालय मार्फत प्रदान गरिने सेवाबारे जानकारी दिए।  कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आइएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया र विभागका सेवाबारे जिज्ञासा राखेका थिए। 

त्यस अवसरमा नापतौल, ढक तराजु, उपभोक्ताको अधिकार र स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजारमा बजारीकरणबारे पनि जानकारी दिइएको थियो। 

प्रकाशित: १९ भाद्र २०८२ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App