लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गरेको छ । नेपाल राष्ट्र बैंकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुला भएको हो ।
यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायतसहित)का नागरिकलाई कम लागतमा भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू प्रदान गर्न लेम्फीलाई सक्षम बनाउने विश्वास लिइएको छ । योसँगै लेम्फीमार्फत नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, युरोपका देशहरूबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाउन पाइने भएको छ ।
देशको आर्थिक समृद्धिमा रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । एक विश्वसनीय वित्तीय सेवा प्रदायकसँगको यो साझेदारीले सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ ।

'नेपाली आप्रवासीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसाथ जुटेको यो समझदारीलाई नेपालको केन्द्रीय बैंकले स्वीकृति प्रदान गरेकोमा हामी खुसी छौँ, लेम्फीका दक्षिण एसिया प्रमुख मुहम्मद दैयान आलमले भने, 'नेपाल दक्षिण एसियामा धेरै रेमिट्यान्स प्रवाह गर्ने राष्ट्रमध्ये अग्रपंक्तिमा पर्छ । हामी ग्राहकहरू र उनीहरूका लाभग्राहीहरूलाई पहुँचयोग्य र निष्पक्ष वित्तीय सेवाहरू प्रदान गर्ने हरेक अवसरलाई स्वागत गर्दछौँ ।'
साझेदारीका केही प्रमुख फाइदाहरू
- ग्राहकहरू नेपाल केन्द्रीय बैंकद्वारा निर्धारित नियामक मापदण्डहरूको पालनामा लेम्फीप्रति आश्वस्त हुन सक्छन् ।
- ई–सेवा मनी ट्रान्सफरको स्थापित भुक्तानी सञ्जालमार्फत ग्राहकसँगको सम्पर्क र विश्वसनीयताको लाभ ।
- पैसा पठाउन सहज पहुँच र प्रतिस्पर्धी विनिमय दर ।

अमेरिका, बेलायत, युरोप र क्यानडामा २० लाखभन्दा बढी ग्राहक भएको लेम्फीले कसरी अत्याधुनिक प्रविधि, रणनीतिक साझेदारी र प्रमुख अधिग्रहणहरूले सुरक्षित, भरपर्दो र नवीनतम् वित्तीय सेवाहरू प्रदान गर्न सकिन्छ भनेर खोजी जारी राख्नेछ, जुन विश्वभरका आप्रवासीहरूका लागि उपयोगी हुनेछ ।
प्रकाशित: २६ कार्तिक २०८२ १४:३२ बुधबार





-1200x560-600x400.jpg)