साताको पहिलो दिन (आइतबार) सुनको मूल्यमा वृद्धि देखिएको छ।
यसअघि प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन्। चाँदी यसअघिको मूल्य एक हजार ९१० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित: २१ वैशाख २०८२ १०:३९ आइतबार





