१० पुस २०८२ बिहीबार
image/svg+xml
बजार

नयाँवर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी७५ को खरिदमा डाटा र निःशुल्क टक टाइम

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर “न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी”नामक विशेष योजना सार्वजनिक गरेको छ। टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्न सक्छ।

यस योजनाअन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्ने छन्। फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो।

नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ — ८+१२८ जिबिको लागिमूल्य रु.२६,९९९ र ८+२५६ जिबिको लागि रु. २९,९९९ रहेको छ। फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ । साथै, आइपी६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ । वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफभनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ हो ।

यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुनेछ ।

यदि तपाईं २०८२ मा डिजिटल जीवनशैलीमा अपग्रेड गर्न चाहनुहुन्छ भने यो अफर शक्ति, टिकाउपन र कनेक्टिभिटीको उपयुक्तमिश्रण हो।

प्रकाशित: ८ वैशाख २०८२ १६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App