१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या

धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको हत्या भएको हो।  

गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको विवादको छुटाउन पुगेका वडाध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले गोली प्रहार गरी हत्या गरेका हुन् । शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ ।  

अभियुक्त शम्भुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार दुईपक्ष विवाद हुँदा शम्भुले वडाध्यक्षको छातीमा गोली प्रहार गरेका थिए । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएर पछि नेकपा एमाले प्रवेश गरेका थिए ।

उनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । अध्यक्ष यादवका दाजु रामवरण यादव र राजकिशोर यादवमाथि धारिलो हतियार प्रहार भएको छ । उनीहरूको उपचार भइरहेको छ ।

प्रकाशित: २८ कार्तिक २०८२ २०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App