१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अपराध

पेस्तोल र गोलीसहित काठमाडौंबाट दुई युवक पक्राउ

काठमाडौंको ढल्कुबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१७ नयाँबजार बस्दै आएका २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१० खोपासी घर भई हाल काठमाडौं-१६ क्षेत्रपाटी बस्ने २३ वर्षीय एलेक्स नेपाली रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन र १२ राउण्ड गोली बरामद गरेको जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App