९ पुस २०८२ बुधबार
image/svg+xml
अपराध

क्रिप्टो कारोबारको आरोपमा दुई भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगनर नगरपालिका वडा नम्बर २ स्थित हम्बल होटलमा क्रिप्टो सम्बन्धी अभौतिक मुद्द्राको कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन ।  

सुराकीका आधारमा प्रहरीले छापा हानेर भारत महाराष्ट्र मुम्बई मलाड ईष्ट कुलार भिलेज पिपरी पाडाचौलका २१ वर्षीय सुनिल सिंह र उत्तर प्रदेश लखनउ मणिगाउका २४ वर्षीय उज्जल सिंह पक्राउ परेका हुन । पक्राउ परेका दुवैको साथबाट क्रिप्टा सम्बन्धी कसुरका आवश्यक फेला परेको प्रहरी नायब उपरीक्ष रिपेन्द्र कुमार सिंहले बताए ।  

उनीहरुबाट ४ थान मोबाईलसमेत बरामद गरिएको छ । अदालतबाट ५ दिनको म्याद थप गरी घटनाको अनुसंधान भईरहेको सिंहले बताए । 

प्रकाशित: ९ पुस २०८२ १९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App