३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अपराध

रुपन्देहीमा कटुवा पेस्तोल र २५ राउन्ड छर्रासहित दुई पक्राउ

रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले एक थान कटुवा पेस्तोल र २५ राउन्ड छर्रासहित दुई युवकलाई पक्राउ गरेको छ।

घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा हतियार फेला परेपछि प्रहरीले उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा ओमसतिया गाउँपालिका-६ नारायणपुर बस्ने २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेका छन्।

धवलको घरमा हातहतियार लुकाइएको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २५ राउन्ड छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप कानुनी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच, रुपन्देही प्रहरीले सोमबार पनि कञ्चन गाउँपालिका-५ स्थित बिटालु चोक नजिकैको लुम्बिनी साझेदारी वनको झाडीमा लुकाइराखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ।

उक्त बन्दुक कसले र कुन प्रयोजनका लागि राखेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए।

प्रकाशित: ३० भाद्र २०८३ १९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App