३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

बर्दियामा लागु औषधसहित दुई जना पक्राउ

सांकेतिक तस्बिर

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–५  का ४१ वर्षीय दिनेश कुमार थारु र बाँसगढी नगरपालिका–३  सुन्दरबस्तीका २८ वर्षीय कृष्णा खत्री छन् ।  

भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा थारुको साथबाट ४ सय ६० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको धुलो पदार्थ र खत्रीको साथबाट १० ग्राम ८० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।  

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

 

प्रकाशित: ६ पुस २०८२ १५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App