२८ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

बर्दियामा ब्राउन सुगरसहित दुई पक्राउ

लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश ओलीलाई प्रहरीले लागू औषधसहित शनिबार पक्राउ गरेको हो।

शंकास्पद रूपमा रहेका ओलीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ८ सय मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। यस्तै शुक्रबार बढैयाताल गाउँपालिका–२ फुटाहाबाट बाँसगढी नगरपालिका–५ का २६ वर्षीय राम चौधरीलाई ९ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई आइतबार अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

प्रकाशित: १६ भाद्र २०८२ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App