अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपनबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २८ एम्पुल, नोर्फिन २६ एम्पुल र नगद ५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सोनाम राना मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी, काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित धादिङ नैबिसे घर भएका ४२ वर्षीय केदार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी, काठमाडौं महानगरपालिका-३२ नरेफाँट जोशी चोकबाट अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय २७ ट्याब्लेट सहित काठमाडौं नरेफाँट बस्ने सर्लाही घर भएका २१ वर्षीय सन्देश श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुल सहित सोही नगरपालिका-८ लोहसडा बस्ने ३८ वर्षीय राम मिलन केवटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले लु.२६ प ४४१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु २७ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८२ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर कुलेखानी घर भएका २५ वर्षीय बिजय स्याङ्बो र ललितपुर महानगरपालिका-८ गुईटोल बस्ने मोरङ घर भएकी २० वर्षीया नीता शिवा रहेका छन्।
प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। सुनसरी, कोशी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम २ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ नहर चोक बस्ने २९ वर्षीय आरीफ अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, गोदावरी नगरपालिका-१० दमौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय योगेन्द्र भुल र २६ वर्षीय अमित कुमार तामाङ रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
उदयपुर, वेलका नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-४ प्रगती टोल बस्ने २१ वर्षीय खगिन भन्ने खगेन्द्र मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ गौरीघाट बस्ने ३३ वर्षीय आशिष सिंह र बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ३१ वर्षीय विसन लामा रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६७१ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
प्रकाशित: १० जेष्ठ २०८३ १९:१६ आइतबार





