कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले आइतबार दिउँसो उनीहरूलाई नगद र ताससहित नियन्त्रणमा लिएको हो।
भीमदत्त नगरपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिकैको एक रेस्टुरेन्टमा जुवा खेलिरहेका ४८ वर्षीय नरेन्द्र चन्दसहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद ४७ हजार ७ सय रुपैयाँ र तीन बुक तास बरामद गरेको छ।
यस्तै, सोही वडास्थित अस्पताल नजिकै ४० वर्षीय पदमराज पन्तले सञ्चालन गरेको चिया पसलबाट सञ्चालक पन्तसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद ३६ हजार ४ सय ४२ रुपैयाँ र एक बुक तास फेला परेको छ।
पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित: ३० चैत्र २०८२ १२:४९ सोमबार





