२४ पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

विराटनगर महानगरपालिका २ बाट नियन्त्रित लागूऔषध डाईकोमाइन ८ हजार ६ सय ट्याब्लेट र ट्रामाडोल ३ हजार १ सय ५० ट्याब्लेटसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँमा डेरा गरी बस्ने ताप्लेजुङ घर भएका २० वर्षीय सुन्दर शेर्पा र भारत विहार अमिडा गाम्रपंचायत १० घर भएका २० वर्षीय महमद असरफ रहेका छन्। वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूको कोठा खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।  

त्यसैगरी काभ्रेको बनेपा नगरपालिका ८ स्थित तिनधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेटसहित सोही नगरपालिका ७ तरकारी बजार बस्ने पर्सा घर भएका २२ वर्षीय मौजित अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

प्रकाशित: १ आश्विन २०८२ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App