१३ पुस २०८२ आइतबार
image/svg+xml
अपराध

खैरो हिरोइनसहित तीन जना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाले तीन जना पक्राउ गरेको छ।

बुधबार दिउँसो सिरहाबाट चोहर्वातर्फ गएको प्र.-२-०१-००१ज ००४३ न.को विङगर गाडीलाई चेकजाँच गर्दा तीनै जना पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ बस्ने ३८ वर्षीय दिनेश सुनारको पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकमा साना साना २ पोका रहेको खैरो हिरोइनजस्तो देखिने प्लास्टिकसहित तौल गर्दा ७ ग्राम ३१० मिलिग्राम लागुऔषध फेला परेको छ। 

सुनारसँगै रहेका उनका साथी २९ वर्षीय विशाल गोले र ३८ वर्षीय इन्द्र सुनारलाई पनि इलाका प्रहरी कार्यालय विष्णुपुरको नियन्त्रणमा राखिएको छ। तीनै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालत सिरहाबाट ४ दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०८२ १९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App