१२ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

हुण्डी रकम ६ लाख ७१ हजारसहित तीन जना पक्राउ

हुण्डी रकम ६ लाख ७१ हजारसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरी टोलीले हुण्डी कारोवारीमा संलग्न तीन जनालाई नगदसहित पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा भारत बिहारको बेतिया घर भई हाल पर्सामा बस्ने अनवर मिया तथा सोही ठेगानाका महमद कैफ अहमद छन् ।  

उनीहरूको साथबाट BR 22 H 6338 नम्बरको भारतीय मोटर साइकलमा सवार अनवर मियाले लगाएको पाइन्टको खल्तीबाट १००० दरका नोट-५२ थान । ५०० दरका नोट-१५७ र ५० दरका नोट-९  पिस गरी जम्मा एक लाख ३० हजार ९५० रुपैयाँ बरामद भएको छ । त्यस्तै मोटरसाइकलको पछाडी सवार महमद कैफ अहमदले लगाएको पाइन्टको खल्तीबाट १००० दरका नोट २०० थान तथा ५०० दरका नोट २०० पिस गरी तीन लाख बरामद भएको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: १६ पुस २०८२ १९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App