७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

पर्साको भिस्वा गोली काण्डमा तीन पक्राउ

चार दिनअघि पर्सा जिल्लाको भिस्वामा भएको गोली काण्डमा तीन जना पक्राउ परेका छन्।

छिहपरमाई गाउँपालिका ५ भिस्वामा बिहीबार राति भएको गोली प्रहारबाट स्थानीय १६ वर्षीय शेख गोलु आलम घाइते भएका थिए। उनको बिरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

नेपाल-भारत सीमा क्षेत्रसंगै जोडिएको भिस्वामा गोली चलेर गाउकै किशोर गम्भीर घाइते भएपछि पर्सा प्रहरीलाई गोली हान्ने व्यक्ति पक्राउ गर्न ठूलो चुनौती थपिएको थियो।

बिहीवार करिब ८ बजेको समयमा भिस्वागाउँ संगै जोडिएका झलमहियाका युवाहरू बिच विवाद भएर एक पक्षले चलाएको गोली सडक छेउ भएर घर जाँदै गरेका स्थानीय गोलुलाई लागेको थियो।

गोली काण्ड घटनामा संलग्न रहेको आशंकामा पर्सा प्रहरीले तीन जना युवाहरूलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए। गोली चलेपछि पर्सा प्रहरीले गम्भीरताका साथ अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

गोली हान्ने युवक पक्राउ पर्न सकेका छैनन्। गोली किन र कसरी चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी बस्नेतले बताए।

प्रकाशित: १२ आश्विन २०८२ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App