१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा अवैधरूपमा राखेको पेस्तोल पड्किँदा बालक घाइते

सर्लाहीमा अवैधरुपमा राखेको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्।

बिहीबार दिउँसो मलंगवा नगरपालिका वडा नम्बर ४ को ढाँका गाउँ बस्ने रामविश्वास रामका १५ वर्षका छोरा आकाश राम बन्दुक पड्किँदा घाइते भएका हुन्।

घरबाट करिब सय मिटर पूर्वमा रहेको हनुमान मन्दिर नजिक रातो कपडामा बेरी राखिएको नलकटुवा पेस्टोल खेलाउने क्रममा अचानक पड्किएको थियो। प्रहरीका अनुसार रामको दाहिने हातमा गोली लागेको छ ।

घाइतेको उपचार मलङगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी सरोज राईले बताए। घटना स्थलबाट एक थान खोका र नलकटुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०८२ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App