८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

बालेन्द्रको युट्युबमा ‘झरीपछिको इन्द्रेणी’

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ काठमाडौँका पूर्वमेयर, आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। बिहीबार आज प्रजातन्त्र दिवसको अवसर पारेर उक्त चलचित्र सार्वजनिक गरिएको हो ।  

पुस ४ देखि सिनेमाघरमा प्रदर्शनमा आएको चलचित्र भ्रष्टाचार र बेथितिविरुद्धको कथा प्रस्तुत गर्छ। आम नागरिक र युवा पुस्ताको संघर्ष, आशा र चिन्तालाई प्रस्तुत गरेको चलचित्रले सिनेमाघरमा प्रदर्शन हुँदा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। यसअघि उक्त चलचित्रकै एक गीत ‘आमनेपाली बुवा’ बालेन्द्रको युट्युब च्यानलबाटै सार्वजनिक गरिएको थियो।

चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, प्रकाश घिमिरे, विमोचन दवाडी, अर्जुन घिमिरे, जेसिका पोखरेल, प्रियना आचार्यलगायत कलाकारहरूको अभिनय छ।

प्रकाशित: ७ फाल्गुन २०८२ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App