कपिलवस्तुको बाणगंगा नगरपालिका-६ स्थित लक्ष्मण घाट चोकमा चिया नास्ता र किराना पसल संचालन गर्दै आएकी एक महिलाको भारतीय नम्बर प्लेटेका मोटर साईकलमा आएका अपरिचित ब्यत्तिले सुनको सिक्रि लुटर फरार भएका छन ।
शनिबार ४ बजेतिर त्यही पसलमा भोला र चुरोट खानेक्रममा स्थानीय ६५ बर्षिया भीमा कुमारी खनालले घाटीमा लगाएको सुनको एक तोलाको सिक्रिी लुटेर लगेका हुन ।
स्थानीयबासी हुमानाथ भट्टराई अनुसार पीडित महिलाको पसलमा भोला र चुरोट खानेक्रमा २ जनाको संख्यामा रहेका मध्ये एक जना आधा घन्टा जति बसेका थिए । त्यही क्रममा महिलाको घाटीमा रहेको सिक्रि लुटेराले थुरेर मोटर साईकलमा फरार भएका थिए ।
लुटेराहरु खारखानी हुदै रामदतिवन तिर भागेका थिए । घटनाको जानकारी पाए लगत्तै लुटेराको खोज तलासकालागि सबै नाकाहरुमाम ब्यापकरुपमा प्रहरी परिचालन गएिको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
लुटेराको खोजी कार्य जारी रहेको उनले बताए ।
प्रकाशित: १५ कार्तिक २०८२ १७:५५ शनिबार





