४ चैत्र २०८२ बुधबार
image/svg+xml
अपराध

दिनदहाडै सिक्री लुटियो

सांकेतिक तस्बिर

कपिलवस्तुको बाणगंगा नगरपालिका-६ स्थित लक्ष्मण घाट चोकमा चिया नास्ता र किराना पसल संचालन गर्दै आएकी एक महिलाको भारतीय नम्बर प्लेटेका मोटर साईकलमा आएका अपरिचित ब्यत्तिले सुनको सिक्रि लुटर फरार भएका छन ।  

शनिबार ४ बजेतिर त्यही पसलमा भोला र चुरोट खानेक्रममा स्थानीय ६५ बर्षिया भीमा कुमारी खनालले घाटीमा लगाएको सुनको एक तोलाको सिक्रिी लुटेर लगेका  हुन ।  

स्थानीयबासी हुमानाथ भट्टराई अनुसार पीडित महिलाको पसलमा भोला र चुरोट खानेक्रमा २ जनाको संख्यामा रहेका मध्ये एक जना आधा घन्टा जति बसेका थिए । त्यही क्रममा महिलाको घाटीमा रहेको सिक्रि लुटेराले थुरेर मोटर साईकलमा फरार भएका थिए ।  

लुटेराहरु खारखानी हुदै रामदतिवन तिर भागेका थिए । घटनाको जानकारी पाए लगत्तै लुटेराको खोज तलासकालागि सबै नाकाहरुमाम ब्यापकरुपमा प्रहरी परिचालन गएिको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।  

लुटेराको खोजी कार्य जारी रहेको उनले बताए । 

प्रकाशित: १५ कार्तिक २०८२ १७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App