९ पुस २०८२ बुधबार
image/svg+xml
अपराध

किशोरी करणी अभियोगमा किशोर पक्राउ

बैतडीमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाटन नगरपालिका-६ भडाली बस्ने १९ वर्षीय रोहित लुहारलाई प्रहरीले आइतबार बिहान  नियन्त्रणमा लिएको हो।

रोहितले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २६ आश्विन २०८२ १८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App