प्रहरीले वीरगञ्जका विभिन्न ४ वटा क्यासिनोहरूमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले क्यासिनोहररुबाट पाँच भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत विहार घर भएका २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय संदिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव र वीरगञ्ज महानगरपालिका वडा नं.३२ बस्ने ३६ वर्षीय ओमप्रकाश यादव रहेका छन्।
उनीहरुको साथबाट ५००को सिक्का, ने.रु.५५५, भारु.१२०० र रेडिमीको दुईवटा फेनहरु बरामत गरिएको छ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ वैशाख २०८३ १३:१९ आइतबार





