२० वैशाख २०८३ आइतबार
image/svg+xml
अपराध

‘सक्कली’ भन्दै नक्कली मुद्रा देखाएर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौंको कीर्तिपुरबाट प्रहरीले नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ।

नक्कली नोट दिएर सक्कली मुद्रा असुल्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा उदयपुरका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं दक्षिणकालीका २६ वर्षीय योग बहादुर तामाङ र ३६ वर्षीय भविन्द्र कुमार तामाङ रहेका छन्।

त्यस्तै, चितवनका ३४ वर्षीय प्रबिन महतो, रौतहटकी २८ वर्षीया मुना धामी र चितवनका ३८ वर्षीय सत्य नारायण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यो समूहले काठमाडौंका विभिन्न स्थानमा नक्कली मुद्रालाई ‘सक्कली जस्तै देखिने र सजिलै साट्न सकिने’ भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेको खुलेको छ।

उनीहरूले पीडितहरूलाई विश्वासमा पारी सक्कली मुद्राको बदलामा दुई गुणा बढी नक्कली नोट दिने भन्दै ठगी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विशेष सूचनाका आधारमा खटिएको अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई कीर्तिपुर नगरपालिका–६ पाण्डेछापबाट पक्राउ गरेको हो। पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०८३ १५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App