२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

जनकपुरको सोनारपट्टीमा गोली चल्यो

जनकपुरको सोनारपट्टीमा गोली चलेको छ । एक सुन चाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरीलाई अवरोध गरेपछि गोली चलेको हो ।  

छापा मार्न गएको प्रहरीमाथि व्यवसायीहरूले अवरोध गरेका थिए । प्रहरीले अवरोध हटाउँदै गोली चलाएको हो ।  

बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली शुक्रबार साँझ छापा मार्न पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।  

 

प्रकाशित: ३१ आश्विन २०८२ २०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App