२० पुस २०८२ आइतबार
image/svg+xml
अपराध

कपडा गोदाममा राजस्वको छापा, २३ बोरा नियन्त्रणमा लिइयो

राजस्व अनुसन्धान कार्यालय बुटवलले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा कटनीस्थित एक व्यापारीको कपडाको गोदाममा सोमबार दिउँसो छापा हानेको छ।

स्थानीय चिरञ्जीवी खनालको घरमा रहेको गोदाममा छापा हानेर करिब २३ बोरा रेडिमेड कपडा नियन्त्रणमा लिइएको हो।

गोप्य सूचनाको आधारमा कार्यालय प्रमुख सुवास श्रेष्ठको नेतृत्वमा छापा हानिएको हो। कार्यालय प्रमुख श्रेष्ठले आफूहरुलाई प्राप्त सूचनाको आधारमा त्यहाँ छापा हानेर २३ बोरा जति रेडिमेड कपडा बरामद गरिएको बताए।

बरामद गरिएका कपडा थप अनुसन्धानको लागि बुटवल लगिएको छ। कार्यालय प्रमुख श्रेष्ठले खनाललाई उदृधत गर्दै सो कपडा सञ्जय गुप्ता नामक व्यापारीको भएको बताए। गुप्ताले लामो समयदेखि भारतबाट अवैधरुपमा ल्याएको कपडा त्यही गोदाममा राखेर कारोबार गर्दै आएको आरोप छ।

कपडाबारे आवश्यक अनुसन्धान गरिने श्रेष्ठले बताए। व्यापारी गुप्ताले अनुसन्धानको छापा पर्ने सूइँको पाएपछि आइतबार राति नै ठूलो परिमाणमा कपडा गोदामबाट बाहिर पठाइसकेको जनाइएको छ। 

प्रकाशित: २० आश्विन २०८२ १६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App