प्रहरीले काठमाडौंका ठमेल, बौद्ध र ललितपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा छापा मार्दै २५८ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नियन्त्रणमा लिइएकामध्ये २४० महिला र १८ पुरुष रहेका छन्।
कार्यालयका प्रवक्ता एसपी रामेश्वर केसीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। “कसलाई मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा छानबिन जारी छ,” उनले भने।
प्रकाशित: २० वैशाख २०८३ २०:२९ आइतबार





