३१ असार २०८३ बुधबार
image/svg+xml
अपराध

इलाम कारागारमा छापा, ४८ लाख बरामद

इलाम कारागारबाट प्रशासनले ४८ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ । कारागारका नाइके, चौकीदार र अर्का एक कैदी गरी ३ जनाबाट २४ हजार रुपैयाँ भारतीय नोटसहित यो रकम बरामद गरिएको हो ।

सिडिओ लक्ष्मण ढकालले कारागारको ७ नम्बर कोठाबाट यो रकम बरामद गरिएको जानकारी दिए । उनका अनुसार कारागारमा अवैध रकम रहेको सूचनाका आधारमा प्रशासन कार्यालयका अधिकृतसहित प्रहरीको टोलीले छापा मारेको थियो ।  

‘कारागारभित्रका ३ जनासँग यत्रो रकम कसरी जम्मा भयो भन्नेबारे अनुसन्धान गर्नेछौं,’ सिडिओ ढकालले भने, ‘स्रोत पुष्टि भए फिर्ता गर्नेछौं ।’ 

प्रकाशित: ३१ असार २०८३ १९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App