१९ वैशाख २०८३ शनिबार
image/svg+xml
अपराध

जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ।  

पोखरा महानगरपालिका–१७ छोरेपाटनका गुरुङलाई नियन्त्रणमा लिई मंगलबार कारागार कार्यालय, कास्कीमा बुझाइएको जिप्रकाका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।

गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला ‘जेनजी’ आन्दोलनमा कारागारबाट भागी फरार रहेका थिए। उनलाई जिप्रका मातहतको वडा प्रहरी कार्यालय, बैदामको टोलीले पोखरा–६ डिकोपाटनबाट पक्राउ गरेको थियो।  

केही दिनअघि पनि कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई पोखराबाट पक्राउ गरेको थियो।  

हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको थियो।  

रौतहटको डुमडिया गाउँपालिका–१० का परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रासस

प्रकाशित: ९ वैशाख २०८३ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App