२ वैशाख २०८३ बुधबार
image/svg+xml
अपराध

पाटन घटना : घाइते दाजुभाइको मृत्यु, दुई जना पक्राउ

बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ। स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका-९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ। रासस

प्रकाशित: २६ चैत्र २०८२ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App