२५ चैत्र २०८२ बुधबार
image/svg+xml
अपराध

भोजपुरमा कुटाकुट: एक जनाको मृत्यु, चार पक्राउ

भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।  

 षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शङ्कराज तामाङको घरमा बस्दै आएका थिए ।  

षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मंगलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

घटनापछि फरार चारैजनालाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिए । रासस

प्रकाशित: २५ चैत्र २०८२ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App