२८ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

कुटपिटको आरोपमा एकजना पक्राउ

भक्तपुर नगरपालिका वडा नं. ३ वंशगोपाल डेगोमनाबाट कुटपिट गरी हत्या गरेको आरोपमा सोमबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  

निर्माणाधिन साढे ३ तल्ले घरमा ज्यामी काम गरी भुइतल्लामा बस्ने उदयपुर घर भएको अन्दाजी वर्ष ३४ को पूर्ण ठकुरीको हत्या गर्ने धनकुटा सागुरीगढी गाँउपालिका वडा नं. ३ घर भई सोही घरमा ज्यामी काम गरी बस्ने वर्ष २७ को संजिब याखालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

यसअघि उनी मृत्त अवस्था छ भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएके छ ।  

अनुसन्धानको क्रममा निजसँगै काम गर्ने आइतबार राति कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सञ्जिव राईलाई भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएके छ ।  

उनलाई परिसर भक्तपुरमा ल्याई राखिएको छ । शवको पोष्टमाटर्म गर्न काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर लगेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

प्रकाशित: ७ पुस २०८२ १७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App