नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी क्षेत्रबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट सोही वडाका ४३ वर्षीय सञ्जय चौधरीलाई स्रोत नखुलेको ४ लाख ७० हजार रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन ।
उनका अनुसार बिहीबार राति भारतको जोगबाीबाट साइकलमा नेपाल आउँदै गरेका चौधरीलाई शंका लागी नियन्त्रणमा लिएर चेक गर्दा रकम फेला परेको थियो । चौधरीलाई नियन्त्रणमा लिएर खनतलासी गर्दा उनले लगाएको पाइन्टको गोजीभित्र लुकाएर राखिएको अवस्थामा नेपाली रुपैयाँ ४ लाख ७० हजार भेटिएको डिएसपी चुँडालले बताइन् ।
उनको साथबाट १ हजार दरका ४ सय र ५ सय दरका १ सय ४० थान नोट बरामद भएको हो । चौधरीसँग बरामद गरिएको रकमको स्रोत खोल्न नसकेपछि इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको डिएसपी चुँडालले बताइन् ।
प्रकाशित: २६ मंसिर २०८२ १८:५४ शुक्रबार





-600x400.jpg)