७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

सर्लाहीमा लागुऔषधसहित एकजना पक्राउ

सर्लाहीमा प्रतिबन्ध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बागमती नगरपालिका ६ राधा कृष्ण मन्दिर पछाडि मोटरसाइकलमा लागुऔषध राखेर जाँदै गरेको अवस्थामा स्थानीय २८ वर्षीय जीवन घिसिङलाई प्रहरीले पक्राउ गरेको हो।

भारतीय बजारबाट प्रतिबन्ध लागुऔषध लिएर बागमती प्रदेश ०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा मन्दिर पछाडिबाट ट्रामोन क्याप्सुल २१४ पिस र स्पास्मोन क्याप्सुल २०० पिस बरामद गरी घिसिङलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताए।

घिसिङलाई इलाका प्रहरी कार्यालय बरहथाको हिरासतमा राखेर लागुऔषध मुद्दा अन्तर्गत जिल्ला अदालत सर्लाहीमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८२ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App