१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अपराध

बंगलादेशी नागरिकको हत्या आरोपमा एक जना पक्राउ

बंगलादेशी नागरिकको हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर–१२ स्थित नरदेवीमा बुधवार बिहान ३ बजेतिर मृत भेटिएका ५५ वर्षीय सुब्रत पालको हत्या आशंकामा प्रहरीले नुवाकोट ककनीका ४२ वर्षीय श्याम कालिकोटेलाई पक्राउ गरेको हो । पाल सुनका गहना बनाउने काम गर्थे । 

प्रहरीले आरोपी कालिकोटेलाई गोंगबुबाट नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेको प्रहरीको भनाइ छ । 

यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित: १४ श्रावण २०८२ १८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App