२३ पुस २०८२ बुधबार
image/svg+xml
अपराध

श्रीमती गर्भवती भएपछि दलित भन्दै हेला गर्ने युवक पक्राउ

सांकेतिक तस्बिर

जातीय विभेद गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–२, मलेखु घर भएका २२ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

श्रेष्ठले गोरखाको सहिद लखन गाउँपालिका–१, बक्राङ माइती भएकी मनिका परियारसँग विवाह गरेका थिए । गर्भवती भएपछि उनले पत्नी दलित समुदायकी भएको भन्दै हेलाहोचो गर्नुका साथै विभेद गरेको आरोप छ । उनीबाट जन्मिएको छोराको जन्मदर्तासमेत नबनाएको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

पीडित परियारले न्याय माग्दै जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको डिएसपी सुवेदीले बताए ।  उनका अनुसार श्रेष्ठलाई आइतबार धादिङ प्रहरीको समन्वयमा गजुरी गाउँपालिका– ६, राम्चेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठमाथि जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताए ।

प्रकाशित: ९ भाद्र २०८२ २०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App