२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

न्यूजिल्यान्ड पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने भारतीय नागरिक पक्राउ

वैदेशिक रोजगारीका लागि न्यूजिल्यान्ड पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१८ मा बस्दै आएका भारत बिहार गोपालगञ्ज घर भएका ४२ वर्षीय संजय कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

संजयले आकर्षक तलबको प्रलोभन देखाएर न्यूजिल्यान्ड पठाइदिने बहानामा एक जना पीडितबाट ९ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका संजयलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: १८ असार २०८३ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App