१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

परिबन्धमा पारी गहना ठग्ने पक्राउ

ठगी धन्दामा संलग्न भएको आरोपमा उदयपुरमा एक युवक पक्राउ परेका छन् । ग्राहकलाई परिबन्धमा पारी गहना ठग्ने चौदण्डीगढी नगरपालिका-५ का २५ वर्षीय समानन्द चौधरी पक्राउ परेका हुन् ।  

उनीमाथि सुनको रिङ २ थान, १ आनाको सुनको तिलहरी १ थान, ३ तोलाको चाँदीको कत्री २ थान ठगेको आरोप छ । विभिन्न व्यक्तिलाई फरक फरक बहाना बनाइ ठगेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  

चौधरीले कात्तिक १० गते त्रियुगा खोलामा आयोजितट छठ पर्व मेलामा मोटरसाईकल दुर्घटनामा परि घाईते भएको भन्दै माईजु पर्ने छिमेकी २६ वर्षीया अनारवतिकुमारी चौधरीको गरगहना लिएर ठगेका थिए । फेरि पनि कात्तिक १८ गते थप ३ तोलाको चाँदीका काँडा २ थानसमेत अनारवतिबाट लिएको उजुरी प्रहरी कहाँ परेको छ ।

आफुलाई पटकपटक बहाना बनाएर ठगेको पीडितको उजुरीका आधारमा चौधरीलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरि ठगी कसुरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए । 

प्रकाशित: १० मंसिर २०८२ २१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App