१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अपराध

मन्दिरमा पूजा गर्न गएका दर्शनार्थीको गहना चोरी

सांकेतिक तस्बिर

तीजका दिन मंगलबार दिउँसो तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गर्न गएका कपिलवस्तुका तीन महिलाको सुनका गरगहना चोरी  भएको छ ।  

चोरी गर्ने महिलाहरुको समूहले कपिलवस्तुको यशोधरा गाउँपालिका-६ रंगपुरकी प्रिया जयसवालको दुई तोलाको रानीहार, कपिलवस्तु नगरपालिका-२ स्थित सुमन अग्रहरीको दुई तोलाको सुनको सिक्री तथा कपिलवस्तु नगरपालिका- १ गौडीचोक स्थित  श्वेता ओझाको दुई तोलाको मंगलसुत्र चोरी गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।  

मन्दिरको सीसी टीभी फुटेजमा मन्दिर भित्रै सुनको गहना चोरेर निस्किएको देखिएको छ । मन्दिरमा गरगहना चोरी गर्ने महिलाको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।  

यसअघि पनि साउनको अन्तिम सोमबारका दिन तीन जना भारतीय महिलाको सुनको गरगहना चोरी भएको थियो । चोरी गर्ने महिलाका विषयमा जानकारी दिनेलाई नगद ५० हजार दिने पीडितले घोषणा गरेका छन् । 

प्रकाशित: ११ भाद्र २०८२ २०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App