१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अपराध

पर्वतमा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

५२ वर्षीया श्रीमती सिता विकको हत्या गरेको अभियोगमा मोदी गाउँपालिका-६ दराक बस्ने ५१ वर्षीय जित बहादुर विकलाई गए राति प्रहरीले नियन्त्रणमा लिएको हो।

जित बहादुरले कुटपिट गर्दा सिता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी टोली खटिएको थियो। सोही टोलीले जित बहादुरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीमा अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी सितालाई उपचारका लागि प्रदेश अस्पताल कुस्मा लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८२ १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App