८ माघ २०८२ बिहीबार
image/svg+xml
अपराध

चोरी कसुरका फरार प्रतिवादी पक्राउ

चोरी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–३ पुष्पनगरका २८ वर्षीय आदित्य परियारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।  

जिल्ला अदालतले विस २०८१ साल भदौ १७ गते चोरी सम्बन्धी मुद्दामा परियारलाई ४ महिना २४ दिन कैद, रु ५ हजार जरिवाना र २ सय पीडित राहत कोषमा जम्मा हुने गरी फैसला गरेको थियो। अदालतले सजाय तोकेपछि परियार फरार रहेका थिए।  

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–७ कर्णालीपुरमा लुकेर हिँडिरहेको अवस्थामा परियारलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए।

प्रकाशित: १८ श्रावण २०८२ १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App